मत्स्य पालन व्यवसायलाई व्यावसायिक रुपमा ठूलो परिमाणमा माछा तथा एकिकृत पशुपंक्षी उत्पादन गर्ने उद्देश्यले २०२६ सालमा यो केन्द्रको स्थापना भएको थियो । यस केन्द्रको स्थापनाकालको क्षेत्रफल ६० हेक्टर रहेता पनि शुरु देखि नै पानीको अभावका कारण पूर्ण क्षमतामा कहिले पनि संचालन हुन सकेको देखिदैन । यस केन्द्रले दशौं पञ्चबर्षिय योजनामा निर्धारित लक्ष्य भन्दा उल्लेखनीय रुपमा बढी उपलव्धी हासिल गरी प्रभाव क्षेत्रमा मत्स्य तथा एकिकृत पशुपंक्षी उत्पादन बृद्धिमा निजी क्षेत्रलाई निरन्तर प्राविधिक सेवा र टेवा पुर्याउन सक्षम भएको छ । यस केन्द्रले गुणस्तरीय मत्स्य विज एवं पशुजन्य उत्पादनका अलावा स्वास्थ्य उपचार, प्रविधिको विकास प्राविधिक ज्ञान,शीप दिलाउने, सेवा र टेवा प्रदान गर्ने एवं आकश्मिक सेवाहरु समेत प्रदान गर्दै आएको छ । यस केन्द्रले दिर्घकालिन रुपमा खास गरी प्रभाव क्षेत्रका जिल्लाका कृषकहरुलाई मत्स्य पालन संगै एकिकृत पशुपंक्षी पालन व्यवसायबाट कसरी फाइदा पुर्याउन सकिन्छ भन्ने मूलभूत सिद्धान्तलाई अंगिकार गरी आफ्ना कार्यक्रमाई विस्तार गरिरहेको छ ।
..