- हाम्रो बारेमा
- हाम्रो परिचय

मत्स्य विकास केन्द्र ,चितवन
मत्स्य पालन व्यवसायलाई व्यावसायिक रुपमा ठूलो परिमाणमा माछा उत्पादन गर्ने
उद्देश्यले २०२६ सालमा यो केन्द्रको स्थापना भएको थियो । यस केन्द्रको
स्थापनाकालको क्षेत्रफल ६० हेक्टर रहेता पनि शुरु देखि नै पानीको अभावका कारण
पूर्ण क्षमतामा कहिले पनि संचालन हुन सकेको. देखिदैन । यस केन्द्रले दशौं
पञ्चबर्षिय योजनामा निर्धारित लक्ष्य भन्दा उल्लेखनीय रुपमा बढी उपलव्धी हासिल गरी
प्रभाव क्षेत्रमा मत्स्य उत्पदन बृद्धिमा निजी क्षेत्रलाई निरन्तर प्राविधिक सेवा
र टेवा पुर्याउन सक्षम भएको छ ।
यस केन्द्रले गुणस्तरीय मत्स्य विज उत्पादन एवं वितरणको अलावा प्रविधिको विकास
प्राविधिक ज्ञान,शीप दिलाउने, सेवा र टेवा प्रदान
गर्ने एवं आकश्मिक सेवाहरु समेत प्रदान गर्दै आएको छ । यस केन्द्रले दिर्घकालिन
रुपमा खास गरी प्रभाव क्षेत्रका जिल्लाका कृषकहरुलाई मत्स्य पालन व्यवसायबाट कसरी
फाइदा पुर्याउन सकिन्छ भन्ने
मूलभूत सिद्धान्तलाई अंगिकार गरी आप्mना कार्यक्रमाई विस्तार गरिरहेको छ ।
नेपालमा मत्स्य विकास गर्ने उद्देश्यले एसियाली विकास र्बैकबाट ऋणमा संचालित
१५ बर्षे मत्स्य विकास आयोजनाले समेत यस केन्द्रलाई समावेश नगरेको देखियो । पोखरी
गहिर्याउने एवं नजिकको
खोलाबाट पानी ल्याउने कुलो निर्माण गर्नु पर्ने आवश्यकता पहिचान गर्न नसकेको कारण
यस केन्द्रले पूर्णता पाउन सकेन र २०३२ देखि ०३८ सम्म यो केन्द्र बन्द भएको थियो ।
मत्स्य विकास आयोजना प्रथम र द्धितीय अवधिमा अन्य मत्स्य विकास केन्द्रहरुमा
सुदृढिकरण एवं क्षमता विकासमा करौडौं रुपैया लगानी भैरहंदा यस केन्द्र प्रायः बन्द
अवस्थामा रहनु परेको देखिन्छ ।
उद्देश्य
- गुणस्तरी मत्स्य बिज उत्पादन गरी कृषकको माग अनुरुपको
जात र साइजका माछा भुरा समयमै उपलव्ध गराउनु ।
- माछा भुरा आपूर्तिमा नीजि क्षेत्रको दक्षता र क्षमता
बृद्धि गरी आत्म निर्भर गराउंदै लैजाने ।
- माछाको उत्पादन तथा उत्पादकत्वमा बृद्धि ल्याउने
किसिमका प्राविधिक सेवा टेवा शीप एवं ज्ञान उपलव्ध गराई प्रविधि हस्तान्तरण
गर्दै उत्पादन बृद्धि कार्यमा सघाउ पु¥याउनु ।
- विकसित प्रविधिको परिमार्जन गर्ने र उपयुक्त स्थानमा
प्रसारण गरी दिगोपना एवं निरन्तरताको लागि प्रयास गर्ने ।
- जनचेतना अभिबृद्धि तथा तालिम प्रदान गर्ने । स्तरमा खेर
गैरहेको जलस्रोत र जनशक्तिलाई परिचालन गरी माछाको आयात प्रतिस्थापन र
रोजगारीको अवसर सृजना गर्न निजी क्षेत्रलाई सहयोग गर्ने ।
- क्षत्रिय स्तरको मत्स्य विकास श्रोत केन्द्रको रुपमा
कार्य संचालन गर्ने ।
- मत्स्य उत्पादन एवं प्रसार कार्यक्रम संचालन गर्न
जिल्ला तथा केन्द्र स्तरमा समन्वय गर्ने ।