मत्स्य पालन व्यवसायलाई व्यावसायिक रुपमा ठूलो परिमाणमा माछा उत्पादन गर्ने उद्देश्यले २०२६ सालमा यो केन्द्रको स्थापना भएको थियो । यस केन्द्रको स्थापनाकालको क्षेत्रफल ६० हेक्टर रहेता पनि शुरु देखि नै पानीको अभावका कारण पूर्ण क्षमतामा कहिले पनि संचालन हुन सकेको देखिदैन । यस केन्द्रले दशौं पञ्चबर्षिय योजनामा निर्धारित लक्ष्य भन्दा उल्लेखनीय रुपमा बढी उपलव्धी हासिल गरी प्रभाव क्षेत्रमा मत्स्य उत्पदन बृद्धिमा निजी क्षेत्रलाई निरन्तर प्राविधिक सेवा र टेवा पुर्याउन सक्षम भएको छ । यस केन्द्रले गुणस्तरीय मत्स्य विज उत्पादन एवं वितरणको अलावा प्रविधिको विकास प्राविधिक ज्ञान,शीप दिलाउने, सेवा र टेवा प्रदान गर्ने एवं आकश्मिक सेवाहरु समेत प्रदान गर्दै आएको छ । यस केन्द्रले दिर्घकालिन रुपमा खास गरी प्रभाव क्षेत्रका जिल्लाक...